बैशाख २४, २०८१, सोमबार
               

आजको मौसमः बिहानैदेखि भारी वर्षा सतर्क रहन सुझाव

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वाानुमान महाशाखाले आज (सोमबार) बिहानैदेखि देशभर भारी वर्षाको सम्भावना रहेकाले ठूलो क्षति हुन सक्ने भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वाानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि