जेठ ०५, २०८१, शनिबार
               

भूकम्पपछि सिन्धुपाल्चोकमा पहिरोको थप जोखिम (अपडेट)

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान भूकम्प गएको छ । 

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार ५ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । 

यसअघि अर्थक्विकट्याक डटकमले भने सिन्धुपाल्चोकको कोदारी केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको उल्लेख गरेको थियो ।

सिन्धुपाल्चोक तथा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको ठूलो धक्का महसुस भएपछि मानिसहरू घर बाहिर निस्किएका थिए । 

यसैबीच, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताएका छन् । 

२०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएपछि पहिरोको जोखिम थप बढेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल बताउँछन् । जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको उनले बताए ।

क्षति

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले भूकम्पबाट भएको क्षतिको विवरण आइनसकेको बताए ।

जिल्लाका हरेक स्थानीय तहसँग सम्पर्क भइसकेको र हालसम्म कुनै अप्रिय घटनाको खबर नआएको नेपालफ्ल्यासलाई बताए ।

नेपालमा यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि