जेठ ०५, २०८१, शनिबार
               

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलकाे भूकम्प

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोककाे राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन तथा अनुसन्धान केन्द्र ललितपुरलेले जनाएकाे छ ।

केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्प गएकाे हाे । भूकम्पकाे धक्का काठमाडौंलगायत देशकाे विभिन्न स्थानमा महशुस भएकाे छ ।

भूकम्पले पारेकाे क्षति भने आउन बाँकी छ । सिन्धुपाल्चोककाे सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार केन्द्रबिन्दु क्षेत्रमा प्रहरीकाे टोली परिचालन भइसकेकाे छ । सदरमुकामबाट प्रहरीकाे टोली गएकाे र पुग्नै ३ घण्टा लाग्ने भएकाेले क्षतिकाे विवरण आउन समय लाग्ने सहायक प्रमुख जिल्ला  अधिकार खनालले बताए । 

-सम्पादन गरिएकाे


कस्तो लाग्यो ?

यो पनि