बैशाख १४, २०८१, शुक्रबार
               

प्रहरीमा नयाँ आचारसंहिता : धाप मार्न रोकदेखि सामाजिक सञ्जालमा समेत कडाईं

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीले मंगलबारदेखि लागू हुने गरी नयाँ आचारसंहिता जारी गरेकाे छ । 

प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितासम्बन्धी कार्यादेश–२०७७ र नेपाल प्रहरी कार्ययोजना–२०७७ सार्वजनिक गरेकाे हाे । 

मंगलबार जारी भएकाे कार्यादेशमा प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाह गर्नुपर्दा अनिवार्य रुपमा सेवाग्राहीसँग कुनै प्रकारको आग्रह वा पूर्वाग्रह वा देयभाव नराखी समान व्यवहार गनुुपर्ने उल्लेख छ ।

साथै बिना अनुमति विदेशी नियोग, कूटनीतिक व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका व्यक्तिसँग भेट गरेको पाइए कारबाहीको भागिदार हुनुपर्ने कार्यादेशमा स्पष्ट उल्लेख गरिएको छ । कार्यादेशमा व्यक्तिगत स्वार्थपूर्ति वा आफ्नो व्यक्तिगत लोकप्रियताको लालचमा सञ्चारमाध्यममा सूचना चुहावट वा सम्प्रेषण गर्न नपाइने व्यवस्था छ । 

सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दङ्गा भड्काउने, आतंककारी गतिविधिलिाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिहरुमा लाइक, कमेन्ट, सेयर, ट्याग, ट्वीट तथा रि–ट्वीट गर्न नपाइने नयाँ आचारसंहितामा व्यवस्था गरिएको छ । 

हालै जारी गरिएको कार्यादेशमा अभिवादनस्वरुप हात मिलाउनु स्वभाविक भएपनि विपरति लिङ्गीलाई मौका पाउनासाथ थपथपाउने वा मुसार्ने, टाँसिने, छुने, चिमोट्ने, धाप मार्ने जस्तालगायतका गतिविधिमा रोक लगाइएको छ ।

जारी गरिएको कार्यादेश पालना गराउने सम्बन्धमा प्रहरी प्रधान कार्यालय, महानगरीय कार्यालय, परिसर, प्रदेश, जिल्ला लगायत कार्यालयका छुट्टाछुट्टै समितिले अनुगमन गर्ने केन्द्रीय कार्यालयले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि