जेठ ०६, २०८१, आइतबार
               

एसिड पीडितहरूको आजीवन उपचार खर्च सरकारले बेहोर्ने

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । एसिड पीडितहरुको आजीवन उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीडितको निःशुल्क उपचार र स्वास्थ्य क्षतिसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

एसिड आक्रमणमा परेका पीडितहरुको उपचारका लागि शिक्षण अस्पताल, वीर अस्पताल,पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पताल सरकारले तोकेको छ । बैठकले एसिड आक्रमण सम्बन्धीको प्रचलित कानूनलाई संशोधन गर्न, उत्पादन,आयात, बिक्री वितरण सम्बन्धी नयाँ ऐन तर्जुमा गर्ने निर्णय पनि गरेको छ । साथै कानून आयोगलाई मस्यौदा तयार गर्नका लागि १५ दिनको म्याद दिएकाे सरकारका प्रवक्ता ज्ञवाली बताए । 

यस्तै, प्रत्येक वर्षको भदौ २५ गते एसिड आक्रमण विरुद्धको जागरण दिवस मनाउने निर्णय पनि सरकारले गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि