जेठ ०८, २०८१, मंगलबार
               

नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

चितवन । पहिरोका कारण अवरुद्ध बनेको नारायगणगढ-मुग्लिन सडकखण्ड मंगलबार दिउँसोबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सोमबार राति इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो नजिक विभिन्न पाँच ठाँउमा झरेको पहिरो पन्छाएसँगै दिउँसो साढे २ बजेदेखि सडक सञ्चालनमा आएको हो ।

सडक आयोजनाका इन्जिनियर शिव खनालले डाँडाबाट लेदोसहितको झरेको हिलो र ढुंगा पन्छाएर सडक सञ्चालन गरिएको जानकारी दिए । 

सोमबार राति अबेर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीसँगै पहिरो खस्न पुग्दा सडक अवरुद्ध बन्न पुगेको थियो । 

लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नु परेको थियो ।

यो पनि