जेठ ०६, २०८१, आइतबार
               

आयुर्वेद चिकित्सालयका पूर्वाध्यक्षको निधन

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

तुलसीपुर । प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका पूर्वाध्यक्ष भैरव मजगैयाको आज निधन भएको छ । 

तुलसीपुर उपमहानगरपालिका–१८ विजौरी निवासी मजगैयाको आज बिहान ७७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारले जनाएको छ । 

मजगैयाको शिक्षा क्षेत्रमा पनि योगदान रहेको छ । उनी महेन्द्र बहुमुखी क्याम्पसको पूर्वप्रमुखसमेत रहेको स्थानीयवासी राकेश बस्नेतले बताए । 

क्याम्पसबाट सेवा निवृत्त भएपछि समाजिक सङ्घसंस्थामा पनि सक्रिय मजगैया  बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पूर्वाध्यक्षसमेत थिए । 

उनको निधनप्रति तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दुःख व्यक्त गरेका छन् । 

एक शोक वक्तब्य जारी गरी मजगैयाको निधनले अपूरणीय क्षति पुगेका बताएका छन्  ।


कस्तो लाग्यो ?

यो पनि