जेठ ०६, २०८१, आइतबार
               

भारतबाट प्याज निर्यातमा प्रतिबन्धपछि नेपाली व्यापारी भन्छन्– ‘चीनबाट पनि ल्याउन सजिलो छैन’

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसँगै नेपालमा प्याजको अभाव हुने निश्चित छ ।

नेपाल राष्ट्रिय तरकारी तथा फलफूल व्यवसायी महासंघका प्रमुख खोमप्रसाद घिमिरेले नेपालमा ठूलो मात्रामा भारतबाट प्याज आउने भएकाले भारतले नै प्रतिबन्ध लगाएमा नेपालमा स्वतः रुपमा प्याजको अभाव हुने बताए ।

नेपालमा भारत तथा चीनबाट प्याज आयात गरिन्छ । भारतले प्रतिबन्ध लगाएपछि चीनबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तर कोरोना भाइरसका कारणले चीनबाट प्याज आयात गर्न सहज नभएको उनले बताए ।

उनले भने, ‘नेपालमा ठूलो परिणाममा भारतबाट प्याज आउँछ । भारतले कहिलेसम्म प्रतिबन्ध लगाएको थाहा छैन । अर्को हाम्रो आयात गर्ने मुलुक चीन हो। तर कोरोना महामारीका कारणले त्यति सहज छैन ।’

उनका अनुसार प्याजको अभाव मात्र नहुने भएर यसको मूल्य पनि बढ्छ । कठमाडौँ उपत्यकामा मात्र दैनिक करिब ५० टन प्याज खपत हुने उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि