जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको मौसमः विस्तृत विवरण

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार (आजका) देशभर बिहानैदेखि मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि केही जिल्ला र प्रदेशमा सामान्य बदली भइ भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यतया बदली रही केही नहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही    स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि