जेठ ०६, २०८१, आइतबार
               

दुई ट्रक एकआपसमा ठोक्किदा एकको मृत्यु, पाँच घाइते

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा दुई ट्रक एकापसमा ठक्किदा एकजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय साह छन् । 

काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना. ६ ख  २४२३ को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना. ४ ख ८०११ को ट्रक आज बिहान इच्छाकामना गाउँपालिका–५ खहरे पुलनजिक एकापसमा ठाक्किएका थिए । ठक्करबाट घाइतेमध्ये ना ४ ख ८०११  का ट्रकका चालक साहको मृत्यु भएको हो ।

अर्को ट्रकका चालक र ट्रकमा सवार चार जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।

त्यसैगरी, सो दुर्घटनामा परी पाँचजना घाइते घएका छन् । 


कस्तो लाग्यो ?

यो पनि