जेठ ०६, २०८१, आइतबार
               

गैँडाको आक्रमणबाट एक पुरुष घाइते

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । गैँडाको आक्रमणबाट जिल्लाको मध्यविन्दु नगरपालिका–३, ब्रम्हस्थानका ५२ वर्षीय देवीराम महतो घाइते भएका हुन् ।

मध्यविन्दु–३ का वडाध्यक्ष अमरबहादुर महतोका अनुसार आइतबार दिउँसो घर पछाडि सिसौबारीमा घाँस काट्ने क्रममा महतोलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट महतोको बायाँ खुट्टा र दाँहिने हातमा चोट लागेको छ । गैँडाको आक्रमणबाट घाइते  महतोलाई मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले महतोको चितवनको भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए । महतोको अवस्था मध्यम खालको रहेको खाँणको भनाइ छ । 

यो पनि