बैशाख २४, २०८१, सोमबार
               

६ बुँदे माग राख्दै डा. केसीले गरे १९औँ अनसन सुरु

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

जुम्ला । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले पुन: अनसन सुरु गरेका छन् । डा. केसीले आफूले राखेका मागको  सुनुवाइ नभएको भन्दै सोमबारबाट जुम्लामा अनसन सुरु गरेका हुन् ।

विभिन्न ६ बुँदे माग राख्दै जुम्ला बजारनजिकैको  सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा उनले अनसन सुरु गरेका हुन् । उनको यो अनसन १९ औँ अनसन हो । 

उनका मागमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने र गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरु गर्नुपर्ने, प्रदेश दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्नेजस्ता विषय समेटिएको छ । 

यसका अलवा उनले मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गरी पीसीआर परीक्षणलाई व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने बताएका छन् । 

यो पनि