बैशाख २४, २०८१, सोमबार
               

पहिरोमा बेपत्ता वृद्धको शव फेला

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

बागलुङ ।  पहिरोले घर पुर्दा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ ।

बागलुङकोे जैमिनी नगरपालिका–१ कुस्मिसेरा टुनीबोटमा पहिराले घर पुर्दा बेपत्ता भएका ६१ वर्षीय हरिकृष्ण पौडेलको शव करिब सोमबार फेला परेकोहो । 

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक पौडेल परिवारका पाँच  सदस्य सकुशल रहेका छन् ।  पहिराले मृतक पौडेलसहित पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घर पूर्ण रुपमा क्षति भएको छ । स्थानीयवासी तथा प्रहरीको सक्रियतामा पुरिएको घरबाट उनको शव निकालिएको हो ।


कस्तो लाग्यो ?

यो पनि