बैशाख २४, २०८१, सोमबार
               

झापामा छोराले गरे आफ्नै आमालाई बन्चरोले हानेर विभत्स हत्या

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । एक छोराले बन्चरोले हानेर आफ्नै आमाको ज्यान लिएका छन् । आइतबार राति झापा जिल्लामा आफ्नै छोराले आमालाई बन्चरोले हानेर हत्या गरेका हुन् ।

जिल्लाको कमल गाउँपालिका– ७ ठुलो बाह्रघरे निवासी २४ वर्षीय दिनेश ऋषिदेवले आफ्नै ५० वर्षीया आमा मीरा ऋषिदेवलाई बन्चरोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार दिनेशले मादक पदार्थ सेवन गरी आमालाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन् । छोराले बन्चरो र ढुङ्गाले टाउको र खुट्टामा हानेपछि आमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहार गरेर आमाको हत्या गर्ने दिनेशलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि