बैशाख २५, २०८१, मंगलबार
               

आजपनि मौसमबाट पूर्ण सतर्क रहन सुझाव

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) को मौसमबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई पूर्ण सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा हल्का बदली भइ भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, दिउँसो पनि देशभर सामान्यतया  बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र  सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छभने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि