बैशाख २५, २०८१, मंगलबार
               

५१ बालबालिकालाई राहत रकम प्रदान

नेपाल फ्ल्यास
भदौ २८, २०७७

सांकेतिक
ADVERTISEMENT

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बाढी प्रभावित पाँच वर्षमुनिका बालबालिकालाई आज राहत रकम वितरण गरेको छ । वडा नं. १ बेल्हीका ५१ बालबालिकालाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले उक्त राहत रकम वितरण गरेका हुन् ।

युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रति बालबालिकालाई पाँच हजारका दरले उक्त राहत रकम वितरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष सिंहले राहत रकम बालबालिकाको हितमा खर्च गर्न आग्रह गरे । खाँडो खोलाको बाढीका कारण सो गाउँपालिकाको वडा नं. १ बेल्ही पटक–पटक प्रभावित बन्दै आएको छ । कोइलाडी र बर्साइनका बाढी प्रभावितलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्रम रहेको अधिकृत झाले बताए ।


कस्तो लाग्यो ?

यो पनि