बैशाख २४, २०८१, सोमबार
               

शान्ति मिसनमा जान लागेका सैनिकमा कोरोना देखिएपछि उडान रद्ध

नेपाल फ्ल्यास
भदौ २८, २०७७

प्रतिकात्मक
ADVERTISEMENT

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतकाे शान्ति मिसनमा लिबिया जान लागेका नेपाली सेनाका केही जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार हुने फ्लाइट रद्ध भएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा युनाइटेड नेसन मिसन सर्पोट इन लिबिया मिशनमा तैनाथ फौजलाई बदली गर्नका लागि सोमबार साँझ लिविया जान लागेको नेपाली सेनाका केही जवानहरूमा कोरोना संक्रमण भएपछि सो फ्लाइट स्थगित भएको हो ।

नेपाली सैनिक स्रोतले दिएको जानकारी अनुसार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टाइनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको परीक्षणमा केहीमा संक्रमण पुष्टि भएको हो ।

पोजेटिभ देखिएका कन्ट्रयाक्ट ट्रयाकिङ गरी सबैजनाको पुनः स्वास्थ्य परीक्षण पश्चात मात्र रोटेशन फ्लाइटको मिति तय गरिने सेनाले जनाएको छ ।

यो पनि