जेठ ०६, २०८१, आइतबार
               

बाढीपहिरो पीडितका लागि भारतले दियो टेन्ट र त्रिपाल

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले नेपाललाई केही आपतकालीन राहत सामग्री सहयोग गरेको छ ।

बाढीपहिरोबाट प्रभावित नागरिकको लागि भारतले टेन्ट तथा त्रिपाल लगायतका राहत सामग्री प्रदान गरेको हो ।

भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई राहत सामग्री हस्तान्तरण गरेकी हुन् ।

बाढीपहिरोबाट प्रभावित कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोकका पीडित परिवारलाई स्थानीय सरकारसँगको समन्वयमा राहत सामाग्री वितरण गरिने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि