बैशाख २३, २०८१, आइतबार
               

साउन र भदाैमा मात्र नेपालभर १६ सय ८१ जनाले गरे आत्महत्या

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दो छ । साउन महिनामा मात्र देश भर ७ सय ९ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत चैतयता देशभर ३ हजार ४ सय १० जनाले आत्महत्या गर‍ेका छन् ।

गत असारमा मात्र देशभर ९ सय ७२ जनाले आत्महत्या गरेका थिए । चैतमा लकडाउन महिना सुरु भएयता आत्महत्या गर्नेको संख्या बढिरहेको छ ।

प्रहरी तथ्यांकअनुसार साउन महिनामा मात्र काठमाडौं उपत्यकामा ५८ जना, प्रदेश-१ मा एक सय ३० जना, प्रदेश-२ मा ६७ जना, बागमती प्रदेशमा एक सय ६ जना, गण्डकी प्रदेशमा ७२ जना, प्रदेश-५ मा एक सय ५३ जना, कर्णाली प्रदेशमा ४५ जना र सुदुर पश्चिम प्रदेशमा ७९ जनाले आत्महत्या गरेका छन्।  ३ सय ९२ पुरुष, २ सय ३८ महिला, ४२ बालक र ३८ बालबालिकाले आत्महत्या गरेका छन् ।

असारमा काठमाडौं उपत्यकामा ७३, प्रदेश-१ मा एक सय ९७, प्रदेश-२ मा एक सय ६०, बागमतीमा एक सय ७२, गण्डकीमा ९०, प्रदेश-५ मा एक सय ६३, कर्णाली प्रदेशमा ४५ र सुदूरपश्चिम प्रदेशमा ७४ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाँच सय १३ पुरुष, ३ सय २७ महिला, ५६ बालक र ७६ बालिकाले आत्महत्या गरेका छन् ।

असार र साउनमा मात्र देशभर एक हजार ६ सय ८१ जनाले आत्महत्या गरेका छन् जुन दैनिक औसत २८ जना हुन आउँछ । चैतयताको तथ्यांक हेर्ने हो भने नेपालमा दैनिक औसत २३ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा देशभर ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेका थिए । यो दैनिक औसत १७ जना हुन आउँछ ।

आर्थिक वर्ष ०७५/७६ मा देशभर पाँच हजार सात सय ५४ जनाले आत्महत्या गरेका थिए जुन दैनिक औसत १६ जना हुन आउँछ ।


कस्तो लाग्यो ?

यो पनि