जेठ ०६, २०८१, आइतबार
               

प्रशासनले आदेश नदिए पनि बजार खुल्यो, किनबेच छैन

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले पसल व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा तोकेका सर्तहरू उल्लंघन गर्दै व्यवसायीहरुले बजार खुलाएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले सातामा तीन दिन बजार खोल्न दिएको आदेश अव्यावहारिक भन्दै काठमाडौंको मुख्य व्यापारिक स्थल न्यरोडलगायतका स्थानमा व्यवसायीहरूले बजार खुलाएका हुन् । 

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले कुन बार कुन पसल खोल्ने र कुन बन्द गर्ने भन्ने सूची सार्वजनिक गरेका थिए । तर, लामो लकडाउन र निषेधाज्ञाबाट निसास्सिएका काठमाडौंबासीले जिल्ला प्रशासनको त्यो आदेशलाई रद्दीको टोकरीमा मिल्काइदिएका हुन् ।

न्युरोडलगायतका धेरै कम्प्लेक्स तथा सपिङ मलहरू आइतबारबाट खुलेका छन् । प्रशासनले कपडा पसल, जुत्ता पसल, कस्मेटिक, पसलहरू मात्र खुलाउनू भने पनि सबै प्रकारका पसलहरू खुलेका छन् । व्यापार–व्यवसाय ६ महिनाभन्दा बढी ठप्प हुँदा आफूहरूलाई मर्का परेको भन्दै व्यावसायीहरु एकजुट भएर बजार खुलाएका हुन् ।

यसअघि कोरोना सङ्क्रमणबिच सरकारले साउन ७ पछि लकडाउन खुकुलो पारेपछि बजार खुल्न थालेको थियो । लडाउनका कारण झन्डै तीन महिनासम्म ठप्प भएको बजारमा खुकुलोसँगै फाट्टफुट्ट सर्वसाधारण देखिन थालेका थिए ।

यत्तिकैमा फेरि भदौ ३ गतेबाट निषेधाज्ञा लगाइएपछि पुन बजार बन्द भएका थिए । आइतबार बजार खुलेपछि पछिल्लो समय तीन सातायता घरभित्र थुनिएका सर्वसाधारणको चहलपहल बढेको छ ।

प्रशासन भन्छ ‘आफैँ सचेत हुनुहोस्’

आफूहरूले गरेको निर्णय कार्यान्वयन नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वीकारेको छ । ‘अहिले काठमाडौंमा सबै प्रकारका पसलहरू प्रायः खुलेका छन् ।

केही सटरहरू बन्द पनि देखिन्छन्, सकेसम्म हामीले अनुगमनको क्रममा सम्झाइ–बुझाइ गरिरहेका छौँ, तर उहाँहरू आफैँ सचेत हुनुपर्ने हो,’ सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले भने ।

कोरोना महामारी र लामो समयको लकडाउन र निषेधाज्ञाबाट जनजीवनमा परेको असरका कारण जोर जबरजस्ती पसल आफूहरूले बन्द गराउन नसक्ने उनले बताए ।

आदेश कसैले कसैका लागि दिएको नभई आफ्नै लागि भएकाले पालना गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । यसअघि शुक्रबार काठमाडौँ महानगरपालिकाकी उपमेयर हरि प्रभा खड्गीले फुटपाथका पसलहरू बन्द गराउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि