जेठ ०६, २०८१, आइतबार
               

सिन्धुपाल्चोकमा भीषण बाढीपहिरोः १८ जना बेपत्ता

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोकमा फेरि भीषण बाढी पहिरोले १८ वटा घर पुरिएर १८ जना बेपत्ता भएका छन् ।  बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार क्षतिको  विवरण पूर्णरुपमा अहिलेसम्म आएको छैन ।  उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हाे । बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटकऔपटक बाढी र पहिरो जाँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते पनि जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि