जेठ ०६, २०८१, आइतबार
               

खानेपानी विभागमा पहिलोपटक महिला महानिर्देशक नियुक्त

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ । करिव पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बीना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन् । 

यसअघिका विभागका महानिर्देशक सुनिल कुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो । श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

मीना श्रेष्ठ, खानेपानी विभागको करिब ५० वर्षे इतिहासमै पहिलो महिला महानिर्देशक हुन् । नेपालभित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो । 

श्रेष्ठले वि.सं २०५३ देखि सेवा सुरु गरेकी हुन् । श्रेष्ठले आफूलाई मन्त्रालयले विश्वास गरेर प्रदान गरेको जिम्मेवारी सबैको सहकार्यमा सफलतापूर्वक सम्पन्न गर्ने बताइन् ।


कस्तो लाग्यो ?

यो पनि