काठमाडौं । जनकपुरधाममा दुई पक्षबीच भएको झडप रोक्न प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
फेसबुकमा फोटो राखेको विषयमा विवाद हुँदा दुई पक्षबीच भएको शनिबार झडप रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । झडपमा जनकपुरधाम-२० रुपैठामा शनिबार भएको झडपमा करिब एक दर्जनलाई चोट लागेको छ ।
विवाद मिलाउन प्रहरीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर छलफल गराइरहेको छ ।