जेठ ०६, २०८१, आइतबार
               

विशाल मिलन केन्द्रको प्याराफिटको स्तरउन्नतिसहितको डिपिआर प्रस्तुत

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं-४ चण्डोलस्थित सामुदायिक भवन विशाल मिलन केन्द्रमा बन्ने संरचनाको डिपिआर प्रस्तुत गरिएको छ। नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवाल, ४ नम्बर वडाध्यक्ष मोहन विष्ट, मिलन केन्द्रका अध्यक्ष हरि अधिकारी र सचिव लक्ष्मण थापाको उपस्थितिमा डिपिआर प्रस्तुत गरिएको हो ।

खेल मैदानमा बनेको प्याराफिटको स्तरोन्नति,  बाँस्केटबल कोर्ट, गार्डेन, बाउन्ड्रीवाललगायत संरचना बन्नेछन् । विशाल मिलन केन्द्रले लामो समयदेखि खेलकुद प्रतियोगिता आयोजना, सहभागिता, स्वास्थ्य जाँच तथा सामाजिक काम गर्दै आएको छ ।

उसको आफ्नै बाँस्केटबल कोर्टमा राष्ट्रियस्तरको प्रतियोगिता हुँदै आएको छ । अझ स्तरीय मैदानको रुपमा विकास गर्ने लक्ष्य लिइएको  छ।

काठमाडौं प्रतिनिधि क्षेत्र-५ तथा प्रदेश क्षेत्र 'क' अन्तर्गत पर्ने सो मिलन केन्द्रको भौतिक पूर्वाधार तथा स्तरोन्नति सोही क्षेत्रका प्रदेश सांसद नेकपा केन्द्रीय सदस्य नारायण सिलवालको पहलमा हुन लागेको हो ।सो केन्द्र  उनको सांसद विकास कोषको रकमबाट बन्न लागेको हो ।

यो पनि