जेठ ०५, २०८१, शनिबार
               

मृत भेटिए भारतीय ट्रकचालक

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

मोरङ । भारतीय ट्रकका चालक मृत अवस्थामा फेला परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित कुखुराको दाना उत्पादन गर्ने उद्योगका लागि मकै ढुवानी गर्ने ट्रकचालक इन्द्रजीत मण्डल शनिबार मृत फेला परेका हुन् । 

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार बीआर ११ जीए ०७६१ नम्बरको ट्रकका चालक भारतको विहार पूर्णियाका ३७ वर्षीय मण्डल मृत फेला परेका हुन् ।

मकैको बोरामाथि सुतेका ट्रकका चालकलाई बिहान भुइँमा खसेको अवस्थामा मृत फेला पारिएको एसपी खड्काले बताए।

उनी बिहीबार राति भारतबाट कुखुराका लागि दाना उत्पादन गर्न आवश्यक पर्ने मकै लिएर आएका थिए। ट्रकमा लोड गरिएको मकै अनलोडको पर्खाइमा रहेका उनी खाना खाएर शुक्रबारराति ट्रकमाथि सुतेको र तल खसेर मृत्यु भएको अवस्थामा बिहान शव भेटिएको भन्दै उद्योगले प्रहरीलाई सुचना गरेको थियो । 

नेपाल वेल होप एग्रिटेक प्रालि अन्तर्गतको विजय पेलेट दाना उद्योगका लागि ट्रक चालक मण्डलले भारतबाट मकै ढुवानी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगीएको र घटनाबारे अनुसन्धान सुरु गरिएको जानएको छ । 


कस्तो लाग्यो ?

यो पनि