जेठ ०६, २०८१, आइतबार
               

पालिकामा भीडभाड हुन नदिन आलोपालो सेवा प्रणाली

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

स्याङ्जा । कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै घरेलुु तथा साना उद्योग कार्यालय स्याङ्जाले आलोपालो पद्धतिबाट सेवा प्रवाह गर्ने भएको छ । 

सङ्क्रमणका कारण स्याङ्जा उच्च जोखिममा रहेको अवस्थामा कार्यालयमा सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएकाले बार तोकेर आइतबारदेखि सेवा दिने तयारी भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले बताए । 

जिल्लाका एघार वटा पालिकालाई कार्यालय खुल्ने ६ दिनमध्ये पाँच दिन दुई/दुई वटा पालिका र एक दिन एउटा पालिकाबाट सेवाग्राहीलाई सेवा दिन्छौँ,’ कार्यालय प्रमुख रेग्मीले भने ।

कार्यालयमा विगतदेखि रोकिएको फर्म दर्ता, फर्म नवीकरण, नामसारी, ठाउँसारीलगायत कामकाजका लागि सेवाग्राही जिल्लाभरीबाट आउने गरेकाले निश्चित दिनमा निश्चित पालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सङ्ख्या सीमित हुने र सङ्क्रमणको जोखिम कम हुने विश्वास कार्यालय प्रमुख रेग्मीको छ ।

कार्यालयले स्वास्थ्य, सावधानी र सुरक्षालाई मध्यनजर गर्दै आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गर्ने तालिका सार्वजनिक गरेको हो । आइतबार वालिङ नपा र बिरुवा गापा, सोमबार पुतली बजार नपा र फेदीखोला गापा, मङ्गलबार चापाकोट नपा र हरिनास गापा, बुधबार गल्याङ नपा र कालीगण्डकी गापा, बिहीबार भीरकोट नपा र अर्जुनचौपारी गापा, शुक्रबार आँधीखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने कार्यालय प्रमुख रेग्मीले बताए ।


कस्तो लाग्यो ?

यो पनि