जेठ ०४, २०८१, शुक्रबार
               

भक्तपुर विभत्स हत्या प्रकरण : हत्यापछि आत्महत्याको आशंका

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

भक्तपुरमा एकै परिवारका तीन जनाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो ।

शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका ३६ बवर्षीय सुदीप अधिकारी उनकी श्रीमती ३४ वर्षीया सुशीला अधिकारी र १५ वर्षीय छोरा सुशान्तको शव मृत फेला परेका थियो । साथै उनीहरुको कुकुर पनि मरेको अवस्थामा भेटिएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा उनीहरुको मृत्यु केही दिनअघि नै भएको हो । शव गन्हाइरहेको थियो । प्रहरीका अनुसार, मृतक महिला र उनका छोराको शव गन्हाउने अवस्था थियो । दुई वटा शव  खाटमा फेला परेको थियो । सुदीपको शव चाहीँ केही फ्रेस जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार साढे तीन तले घरको प्रत्येक तलामा शव भेटिएको हो । आमा र छोरा दुबैको शव खाटमा र सुदीपको शव अन्तिम तलाको ढोकामा भेटिएको प्रहरीले जनाएको छ ।

हत्यापछि आत्महत्या !

घटनाको प्रकृति हेर्दा प्रहरीले दुई जनाको हत्यापछि सुदीपले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । सम्झना र सुशान्तको धारिलो हतियार प्रहार गरी हत्यापछि सुदीपले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

‘सम्झना र सुशान्तको टाउकोमा गहिरो चोट देखिएकोले सुदीपले दाउ प्रहार गरी हत्या गरेर आफूले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । घरको भित्तामा समेत रगतको छिर्का देखिएको छ । फरेन्सिक विज्ञसहितको टोलीले जाँच गर्दा दुवैको टाउकोमा गहिरो चोट छ भने सुदीपको बाहिरी चोट देखिँदैन ।

प्रहरीले घटनास्थलबाट दाउसमेत बरामद गरेको छ । शवमा किरासमेत परिसकेकाले ४–५ दिन पहिले नै घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सुदीपले वान्ता गरेको देखिएकाले उनले विष सेवन गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको हो । 

कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

भान्सामा रहेका भात, तरकारी लगायत केही खानेकुरामा पनि विषको जस्तो गन्ध आएकोले परीक्षणका लागि प्रयोगशालामा पठाइने अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।

शव पोष्टमार्टमका लागि पठाइएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्र घटनाबारे थप तथ्य खुल्ने भक्तपुर प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले बताए ।

भाइ जब दाजुको घर पुगे

सुदीप (मृतक) का भाइ शुक्रबार दाइको घरमा पुगे । घरमा चहलपहल देखिएन सुनिएन । घरको ढोका भने आधा खुला थियो ।

उनी घरभित्र छिरे । घरभित्र दाजु, भाउजु र भतिजको शव देखे । त्यसलगत्तै उनले प्रहरीलाई (घटनाबारे) खबर गरेका थिए ।

पसद बन्द

उनीहरुले आफ्नै घरमा संचालन गर्दै आएको पसल (सटर) तीन दिनदेखि बन्द रहेको स्थानीययले जानकारी  दिएका छन् ।

प्रहरीका अनुसार एक वर्ष पहिले सुदीप औषधि पसलमा काम गर्ने गर्दथे । पछि उनी बिना जागिर बसिरहेका थिए । जागिर नखाएको विषयमा श्रीमती र सुदीपबीच झगडा हुने गरेको आफन्तले बताएका छन् ।

उनीहरुको पुर्ख्यौली घर सोही नगरपालिकाको वडा नम्वर-६ मा रहेको एक स्थानीयले बताए । निकोसेरामा घर बनाएर उनीहरु यहाँ सरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि