जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौंका फुटपाथ व्यापार बन्द गराउन आग्रह

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापार प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ ।

महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सो ध्यानाकर्षण गराएकी हुन् । 

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ भनिएको छ ।

यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनःआदेश जारी गर्न ध्यानाकर्षण गराइएको हो । 

यसक्रममा उपप्रमुख खड्गीले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेको र अहिलेको आदेश महानगरको यो नीति विपरीत रहेको बताइन् ।

“अर्कोतिर शहरमा सङ्क्रमण फैलिँदो दरमा छ, यसै पनि कन्ट्याक्ट ट्रेसिङ जटिल छ, यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने माहामारी नियन्त्रणबाहिर जान सक्छ”, उनले भनिन् ।

ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले माहामारीका समयमा यस पेशामा बसेर काम गर्ने मानिसलाई परेको समस्या खुकुलो बनाउन खोजिएको बताए ।


कस्तो लाग्यो ?

यो पनि