बैशाख २३, २०८१, आइतबार
               

कित्ताकाटको माग गर्दै मालपोत कार्यालयमा घरजग्गा व्यवसायीको धर्ना

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै घरजग्गा कारोबार व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङ एक घण्टा बन्द गरेको छ । संघले शुक्रबार बिहान ११  देखि १२ बजेसम्म सांकेतिक आन्दोलन स्वरुप कार्यालयमा धर्ना दिएर कामकाज बन्द गराएको हो ।  

मन्त्रीस्तरीय निर्णय भइसक्दा पनि मालपोत र नापी कार्यालयले कित्ताकाट खुला नगरेपछि घरजग्गा व्यवसायीले निर्णय कार्यान्वयनका लागि दबाब दिँदै आएका थिए । घरजग्गा कारोबारीको दबाब भए पनि निर्णय अस्पष्ट भएको र त्यसका बारेमा स्पष्ट हुने काम भइरहेको भन्दै मालपोत कार्यालयले कामअघि बढाएको छैन । 

व्यवसायीले थप दबाब सिर्जना गर्नका लागि शुक्रबार मालपोत कार्यालयमा धर्ना दिएका हुन् । आइतबारबाट पनि कित्ताकाटको प्रक्रिया सुचारु नभए कार्यालय समयभरी मालपोतको कामकाज ठप्प पार्ने र गेटमा दिनभर धर्ना दिने संघका अध्यक्ष घनश्याम पोखरेलले बताए । 

उनले घरजग्गा व्यवसायीले बैंकबाट कर्जा लिएर अर्बौंको लगानी गरेको र तीन वर्षदेखि कारोबार बन्द हुँदा व्यवसायी, जग्गाधनी किसान र बैंकसमेत समस्यामा परेको बताए ।    
 


कस्तो लाग्यो ?

यो पनि