बैशाख १८, २०८१, मंगलबार
               

पहिरोले कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आवतजावत ठप्प

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ । आज बिहान चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।  

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारीसाधनहरु रोकिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि