जेठ ०३, २०८१, बिहीबार
               

असोजबाट विद्यालय खोल्ने तयारी

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकाले आगामी असोज १ गतेबाट पठनपाठनको लागि विद्यालय खोल्ने तयारी गरेको छ ।

कोरोना भाइरसका कारण विगत पाँच महिना अगाडिदेखि विद्यालय बन्द भएपछि विद्यार्थीहरुको पठनपाठनमा ठूलो असर परेकाले विद्यालय खोल्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

उनले विद्यालय बन्दै भएको बेलामा पनि शिक्षकहरुले तलब खाएको गुनासो जनस्तरबाट आएपछि विद्यालय खोल्ने तयारी गरेको बताए ।

उक्त गाउँपालिका अहिले कोरोना संक्रमित शून्य रहेकाले विद्यालय खोल्दा समाजमा कुनै असर नपर्ने अध्यक्ष चन्दले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि