मंसिर ०७, २०८१, शुक्रबार
               

साढे ६ महिनापछि आफन्तलाई शव

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

घोराही । दाङको घोराही उपमहानगरपालिका –१८ निवासी गणेश तामाङको शव साढे ६ महिनापछि आज परिवारले बुझेका छन् । गत वर्ष मङ्सिर १० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै कामदारका रुपमा साउदी अरब पुगेका तामाङको तीन महिनापछि मृत्यु भएको खबर आएको थियो । 

तामाङ विसं २०७६ फागुन पहिलो साता आफ्नै कोठामा मृत फेला परेको जनाइएको छ ।  मृत्यु भएलगत्तै शव घर ल्याउन पहल गरिए पनि नसकिएको मृतक तामाङकी पत्नी जानकारी घर्तीले बताइन् । कोरोना जोखिमका कारण पटकपटक शव नेपाल ल्याउन आफूहरू वैदेशिक रोजगार विभाग र  साउदीस्थित नेपाली दूतावास धाए पनि सुनुवाइ नभएकाले ढिलाइ भएको उनको भनाइ छ  । 

तामाङको शव आइपुगेपछि धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरिएको छ  । 


कस्तो लाग्यो ?

यो पनि