काडमाडौ । कोरोना भाइरस संक्रमणको त्रासका कारण साउन २८ देखि बन्द रहेका उपत्यकाका मालपोत कार्यालय बिहीबारदेखि सञ्चालनमा आएका छबन् ।
सरकारले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै बन्द रहेका मालपोत कार्यालय खुला भएका हुन् । शुक्रबारसम्म अत्यावश्यक सेवाग्राहीको घरजग्गा रोक्का र फुकुवाको काममात्र गरिने र आइतबारबाट सम्पूर्ण सेवा दिइने मालपोत कार्यालयले जनाएको छ ।
काठमाडौंबाहिरका मालपोत कार्यालयको हकमा भने स्थानीय प्रशासनको निर्णयअनुसार सञ्चालन गर्ने बताइएको छ ।