असोज ०६, २०८१, आइतबार
               

टुटल र पठाओको सेवा पनि सुरु

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै रोकिएको टुटल र पठाओको राइड सेयरिङ सेवा निषेधाज्ञा खुकुलो भएसँगै पुनः सुचारु भएको छ ।

सार्वजनिक यातायात सञ्चालन भएसँगै टुटल र पठाओले पनि स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर सेवा सुरु गरेका हुन् ।

लकडाउनदेखि बन्द रहेको टुटलको सेवा आज (बिहीबार) देखि सुरू भएको टुटलका सञ्चालक शिक्षित भट्टले जानकारी दिए ।

सेवा सञ्चालन गर्दा स्वास्थ सुरक्षाको मापदण्ड पूरा गरेर ग्राहकलाई सेवा दिइने उनले बताए। 

मोटरसाइकल चालकले हेल्मेट र मास्क लाएपछि कोरोना संक्रमणको जोखिम कम हुने बताउँदै उनले स्वास्थ सुरक्षासम्बन्धी थप मापदण्ड पूरा गरेर सेवा सुरु गरिएको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि