जेठ ०३, २०८१, बिहीबार
               

हुम्लाको नाम्खा गाउँपालिकामा पठनपाठन बन्द

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासमा देशभरका शैक्षिक संस्था बन्द रहेको समयमा नियमित पठनपाठन गराइरहेको सो गाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो ।

अहिलेसम्म ग्रिन जोनमा रहेको हुम्लामा  सङ्क्रमण हुने डरले गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत खेमराज शाहीले बताए ।

गाउँपालिकाका १६ सामुदायिक र एउटा गुम्बा विद्यालय गरेर १७ वटै विद्यालय बन्द गराइएको गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष विष्णु लामाले जानकारी दिए ।

जिल्लाका अन्य ६ स्थानीय तहले यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेका छन् ।

यो पनि