जेठ ०५, २०८१, शनिबार
               

विप्लव समूहका नेताले गरे आत्मसमर्पण

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

बागलुङ । नेत्रविक्रम चन्द विप्लव समूहका बागलुङ जिल्ला सदस्य केशव निउरे ‘चैतन्य’ले आत्मसमर्पण गरेका छन् । 

जिल्ला प्रशाशनको आदेशमा रिहा भएलगत्तै उनले आत्मसमर्पण गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालय बागलुङबाट साधारण तारेखमा छुटेलगत्तै निउरेले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र सुरक्षा निकायसलगायतको उपस्थितिमा पार्टी परित्यागको घोषणासहित आत्मसमर्पण गरेका हुन् । 

ताराखोला गाउँपालिका–५ का निउरेलाई प्रहरीले यही भदौ ११ गते उनकै घरबाट पक्राउ गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि