असोज ०६, २०८१, आइतबार
               

सामूहिक बलात्कार गरेको भन्दै १६ वर्षीया युवतीले दिइन् उजुरी

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

कैलाली ।  १६ वर्षीया किशोरीले  आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

उनले आफूलाई पाँच दिन बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएकी हुन् ।  उनी भदौ १४मा बेपत्ता भएकी थिइन् ।

उनले दिएको उजुरीमा लागुऔषध खुवाएर चारजना युवाले पाँचदिनसम्म बन्धक बनाएर बलात्कार गरेको  उल्लेख छ ।  

मामाघर बस्दै आएकी उनी बेपत्ता भएपिछ उनका मामाले भाञ्जी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा भदौ १९ मा उनलाई प्रहरीले फेला पारेको थियो ।

यो पनि