असोज ०६, २०८१, आइतबार
               

यस्तो छ आजको मौसमः सतर्क रहन विज्ञको आग्रह

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महााशाखाले आज (मंगलबार) बिहानैदेखि देशभर मौसमको विवरण प्रकाशन गर्दै सम्पूर्ण देशवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार बिहानैबाट देशका केही प्रदेश र जिल्लाहरुमा हल्का बदली रही वर्षाको वर्षाको सम्भावना रहेको छ भने दिउँसो पनि देशैभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले  जनाएको छ ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता फेरि प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महााशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि