असोज ०६, २०८१, आइतबार
               

रथयात्रा झडपमा समातिएका १० जना रिहा

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

ललितपुर । रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा झडप भएपछि गत बिहीबार समातिएका सात जना आज रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए ।

यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये १० जना रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए ।

उनले भने, “हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौँ । तीमध्ये १७ जनालाई मुद्दा चलाइएको छ । आज रिहा भएका छ जनामा कोरोना पोजेटिभ र एक जनामा मानसिक समस्या देखिएकाले उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका हौँ ।” यसमा बाँकी १० जना भने हिरासतमै रहेका छन् ।

रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै आज केही जनताले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए । प्रशासनले गत शनिबारदेखि आउँदो शुक्रबारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसँगै आज घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि