मंसिर ०७, २०८१, शुक्रबार
               

निजामती पुरस्कार पाउने ४० जनाको नाम घोषणा

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज निजामती कर्मचारी दिवसको अवसरमा निजामती सेवा पुरस्कार पाउने ४० जना कर्मचारीको नाम घोषणा गरिएको छ । यो साल उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको हो ।

साथै, सर्वोकृष्ट पुरस्कार पाउने कर्मचारी भने  कोही पनि नपरेको जनाइएको छ । उत्कृष्ट पुरस्कार पाउने कर्मचारीहरुमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज दाहाल, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामाको नाम घोषणा गरिएको जनाइएको छ ।

त्यस्तै,  निजामती पुरस्कार पाउने कर्मचारीहरुमा रघुराम विष्ट, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टीकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे रहेका छन् ।

त्यस्तै मञ्जुसिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयालले निजामती पुरस्कार प्राप्त गरेका छन् ।

यता खुला निबन्ध प्रतियोगितामा रवीन्द्रप्रसाद शाह, सनु काफ्ले र धु्रवराज प्रसाई क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् भने कविता खुला प्रतियोगितामा नीरज दाहाल, रमा अधिकारी कादम्बरी र कल्पना काफ्ले क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि