असोज ०६, २०८१, आइतबार
               

आजको मौसमः सामान्य बदली रहि भारी वर्षाको सम्भावना

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहानैदेखि देशभर सामान्य बदली रहि केहि स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै,  प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रहि थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि