बैशाख २४, २०८१, सोमबार
               

एकै गाउँका ४ बालबालिका सम्पर्कबिहिन

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

माप्य दुधकोशी गाउँपालिका-२ बासाका चार बालबालिका सम्पर्कबिहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझदेखि उनीहरू सम्पर्कबिहिन छन् । 

स्थानीय कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण राई र आठ वर्षीय सुदिप राई, सोही गाउँका आङछिरि राईका सात वर्षीय छोरा फ्रान्सीस राई र साढे दुई वर्षीया छोरी सिजल राई बेपत्ता छन् । साँझपख खेल्नभनी घरबाट निस्केका उनीहरु नफर्किएको बासाखाली माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार साँझ देखि नै गाउँलेले खोजी कार्य जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन । 


कस्तो लाग्यो ?

यो पनि