असोज ०६, २०८१, आइतबार
               

उमाविको नेपाली पुस्तकमा प्रयोग भएको वर्णविन्यास खारेजीको माग

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपाली भाषा र साहित्य क्षेत्रमा सकृय अलङकार प्रतिष्ठानले नेपाली भाषाको मानकीरणमा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको भूमिकाको समर्थन गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष भारती न्यौपाने दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा प्रतिष्ठानले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सशक्त नेतृत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोश (२०७२) लाई खारेज गराई मानक वर्णविन्यासमा नयाँ शब्दकोश प्रकाशन तथा त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) खारेज, शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रबाट विद्यालय तहका सम्पूर्ण पाठ्यपुस्तकमा प्रयुक्त अमानक वर्णविन्यास खारेज गरी मानक वर्णविन्यासमा प्रकाशन भएको उल्लेख छ ।

उच्च माध्यमिक शिक्षा परिषद्बाट प्रकाशित सबैको नेपाली नामक पुस्तकमा प्रयुक्त अमानक वर्णविन्यास खारेज गरेर मानक वर्णविन्यासमा प्रकाशन, सबै बैंकका एटिएमहरूमा नेपाली भाषाको अनिवार्य प्रयोग गराउनुका साथै कक्षा ११ र १२ को पाठ्यक्रममा नेपाली भाषाको शिक्षण अनिवार्य बनाउने काम भएको पनि प्रतिष्ठानको भनाइ छ ।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले गर्ने निर्णयलाई शिरोपर गरी नेपाली भाषा बचाउने अभियानमा लाग्न सधैं तत्पर रहेको पनि प्रतिष्ठनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि