असोज ०६, २०८१, आइतबार
               

प्राचीन शिक्षा पद्धति अपनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अपिल

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गरेका छन् ।

बर्दिवास प्रेस सङ्गठन नेपाल जिल्लाका प्रतिनिधिसँगको सामूहिक भेटघाटमा उनले यस्तो बताएका हुन् । 

कोभिड–१९ सङ्क्रमणको जोखिमबीच प्राचीन उपचारबारे अनुसन्धान जारी रहेको बताउँदै उनले सम्यक र अनुशासित जीवन पद्धति कोभिड सङ्क्रमणबाट बच्ने सबैभन्दा भरपर्दो उपाय भएको बताए । 

यसका अलवा उनले वैकल्पिक रुपमा सिक्ने र सिकाउने विधिको पनि अवलम्बन गर्न अपिल गरे ।

‘चुनौतीपूर्ण अवस्थालाई अब अवसरका रुपमा ढाल्न सरकारले शिक्षालाई वैकल्पिक पद्धतिका आधारमा सिक्ने, सिकाउने विधि अवलम्बन गरौँ,’ उनले भने, ‘अब विद्यार्थीसम्म सिकाइका कुरा पुर्‍याउन  हामीसँग उपलब्धताका आधारमा के-के विकल्प छन् ? रेडियो एफएम, टेलिभिजन, अनलाइन, मोबाइल संवाद र अन्य के हुन सक्छन् ? यिनको भरपुर उपयोगबाट अघि बढ्नुपर्छ ।’

यो पनि