जेठ ०५, २०८१, शनिबार
               

गीताको हत्या गरेर फर्किएपछि निर्मलले भनेका थिए, 'गीताबीना म बाँच्न सक्दिन'

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत ३९ वर्षीया गीता केसीको शव लेलेको जंगलमा फेला परेको छ ।

तीन दिनदेखि हराइरहेकी गीताको शव लेले जंगलमा शुक्रबार साँझ फेला परेको थियो ।

गीताको आफ्नै भतिजा निर्मल केसीले गीताको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रहरीसँगको बयानमा निर्मलले आफूले नै गीताको हत्या गरेको स्वीकार गरेका छन् ।

निर्मलले गीताको घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

निर्मललाई प्रहरीले शनिबार उनकै निवास भैँसेपाटीबाट पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा निर्मल र गीताबीच तीन वर्षदेखि नजिकको सम्बन्ध (प्रेम सम्बन्ध) कायम रहेको खुल्न आएको छ ।

गीताको श्रीमान घरमा नभएको बेला निर्मल उनको घरमा जाने गरेका थिए ।

गीता अल्का अस्पतालमा हाउस किपिङ पदमा कार्यरत थिइन् । 

गीता चार दिनअघि श्रीमानलाई 'अस्पताल जान्छु' भनेर घरबाट निस्किएकी थिइन् । तर त्यो दिन उनी निर्मलसँग घुम्न निस्किएकी थिइन् । 

गीतालाई निर्मलले नै अस्पताल ल्याउने-लैजाने गर्ने गर्दै आएका थिए ।

त्यस दिन गीता र निर्मल घरबाट निस्किएपछि लेले जंगल घुम्न गएका थिए । सुनसान (एकान्त) मन पराउने उनीहरु यसअघि पनि जंगल जाने गरेका थिए । 

तर, त्यस दिन जंगलमा उनीहरुबीच झगडा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि जंगलमा मायाप्रेम प्रगाढ हुँदै आएकोमा एक्कसी झगडा सुरु भएपछि रिसको झोकमा निर्मलले गीताको हत्या गर्न पुगे । 

अचम्मको कुरा त के छ भने, गीताको हत्या गरेपछि निर्मल सरासर आफ्नो निवासतर्फ लागे । उनले घर नजिकका आफ्ना साथीभाइलाई आफू 'गीताबीना एक पल पनि बाँच्न नसक्ने' भनेर सुनाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि