जेठ ०७, २०८१, सोमबार
               

बाढीमा हराएकामध्ये एक जनाको शव भेटियो

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ । 

प्रहरीले बेपत्ता मानिस खोज्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला पारेको हो ।

बीभत्स शवको उमेर अन्दाज गर्नसमेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । २३ जना अझै हराइरहेका छन् । 

हराएकामा १५ दिने शिशुदेखि वयोवृद्धसमेत छन् । मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ । एक जनाको शव सनाखत हुन बाँकी छ । 

भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ । 

प्रहरीले हराएकाको खोजी जारी राखेको छ । आज पनि बिहानदेखि खोजी भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि