जेठ ०५, २०८१, शनिबार
               

दाजु-बहिनीको विभत्स हत्या

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

खोटाङ । खोटाङमा दुई जनाको विभत्स हत्या भएको छ । 

जन्तेढंगा गाउँपालिका ४ डम्बर्खु शिवालयको सामाताङका ७६ वर्षीय ईन्द्र बहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठको हत्या भएको हो ।

शुक्रबार साँझ विभत्स हत्या भएको अवस्थामा स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्या कसले र किन गर्यो भन्ने कारण भने खुलेको छैन । 

तर, स्थानीयका अनुसार, उनीहरुसँग बहुमुल्य धातु रहेको र त्यही लुट्नका लागि हत्या गरिएको हुनसक्ने अनुमान गरेका छन् ।

घटनास्थल सदरमुकामदेखि ३० कोष टाढा पर्छ । 

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी नारायण प्रसाद चिमोरियासहितको टोली घटनास्थल पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि