असोज ०६, २०८१, आइतबार
               

अल्का अस्पतालकी गीता जंगलमा मृत भेटिइन्

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

ललितपुर । तीन दिनदेखि हराइरहेकी अल्का अस्पतालकी कर्मचारी गीता केसी मृत अवस्थामा फेला परेकी छन् ।

अल्का अस्पतालमा कार्यरत ३९ वर्षीय गीताको शव शुक्रबार साँझ ललितपुरको लेलेस्थित जंगलमा फेला परेको हो । आज (शनिबार) बिहान मात्रै सो शव गीताकै भएको पुष्टि भएको हो ।

गीताको हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । हत्या गरेको आशंकामा प्रहरीले एक जना आफन्तलाई पक्राउ गरेको ललितपुर परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

हत्या आशंकामा गीताको भतिजा निर्मल केसी पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

चार दिनअघि केसीको परिवारले भैसेपाटीस्थित प्रहरी कार्यालयमा खोजतलासको लागि उजुरी दिएका थिए । प्रहरीले शुक्रबार साँझ सडकबाट केही भित्र जंगलमा शव फेला परेको थिए ।

प्रहरीका अनुसार निर्मलले 'आफूले गीताको हत्या गरेको' बयान दिएका छन् । 'सलले गीताको घाँटी कसेर हत्या गरेको' उनले प्रहरीसमक्ष बताएका छन् ।

चार दिनअघि अस्पताल जाने भन्दै निर्मलसँगै गीता घरबाट निस्किएकी थिइन् । निर्मल सवारी चालक हुन् । प्रहरीका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

गीताको शव पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याइएको छ । गीताको एक छोरी र श्रीमान् छन् ।


कस्तो लाग्यो ?

यो पनि