असोज ०६, २०८१, आइतबार
               

सिरहामा फेरि अर्को दुर्घटना, दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

सिरहा-चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ निवासी १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएकामा उपचारका क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दुर्घटनामा परी १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएको र उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । 

यसअघि सिरहामै हिजो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

सिरहा नगरपालिकाको वडा नम्बर ११ भलुवाहीस्थित सडकमा सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका १० का ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीयाका ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको थियो ।

दुर्घटनामा सिरहा नगरपालिका-९ गुलरीयाका ३५ वर्षीय शिवकुमार महरा गम्भीर घाइते भएका छन् । उनको भुमिजा अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि