असोज ०६, २०८१, आइतबार
               

आजको मौसमः बाढी पहिरोको सम्भावना, सतर्कता अपनाउन सुझाव

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर भारी वर्षाको कारण बाढी र पहिरोको सम्भावना धेरै भएकाले सम्पूर्ण नागरिकलाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रहि थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी, राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भने प्रदेश १ तथा सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यो पनि